
कैलाली। कैलालीको धनगढीका कोरोना संक्रमित युवकको परिवारका सदस्यको पनि स्वाब संकलन गरिएको छ ।
बुधबार सेती प्रादेशिक अस्पतालमा उनका परिवारका १० जना सदस्यको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रवक्ता डा. जगदिश जोशीका अनुसार धनगढी रंगशालाको क्वारेन्टाइनबाट घर फर्काइएका परिवारका सदस्यहरुको बुधबार पुनः परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।
परिवारका १० जना सदस्यसहित अन्य दुई जना स्वास्थ्यकर्मी र एक जना धनगढी रंगशालाको क्वारेन्टाइनमा रहेका व्यक्तिको पनि घाँटीको स्वाब संकलन गरिएको प्रवक्ता डा. जोशीले जानकारी दिए ।
चिकित्सकका अनुसार कोरोना संक्रमण पहिलो जाँचमै नदेखिन पनि सक्छ । संकलन गरिएको स्वाबको रिर्पोट बिहीबार बिहान काठमाडौ पठाउने तयारी भइरहेको डा। जोशीले बताए ।










