कैलाली । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको त्रास नेपालमा पनि दिन प्रतिदिन फैलिदै गएको छ । शनिबार मात्रै कैलालीमा तीन जनामा कोरोना पोजेटिभ देखिएसँगै त्रास झनै फैलिएको हो ।
कैलालीमा तीन जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ९ पुगेको छ ।
शनिबार कैलालीमा दुई र कंञ्चनपुरमा एक जनामा कोरोना पोजेटिभ देखिएसँगै सुदुरपश्चिममा संक्रमितको संख्या चार पुगेको छ । यसअघि धनगढीकै एक जना ३४ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो ।
सुदुरपश्चिममा कोरोना पोजेटिभ देखिएका चारै जनाको अहिले सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार चारै जनाको अवस्था समान्य रहेको बताइएको छ ।
संक्रमित चार जना ३४ वर्षीया पुरुष दुबईबाट दिल्ली हुँदै नेपाल आएका थिए भने शनिबार मात्रै पोजेटिभ देखिएका व्यक्ति मध्ये कंञ्चनपुरका संक्रमित भारतको उत्तराखण्ड र अर्का कैलालीका संक्रमित भारतकै मुम्बईबाट आएका हुन् ।
कम्युनिटी ट्रान्समिसन
कैलालीकी संक्रमित महिला यसअघि संक्रमण देखिएका पुरुषकी भाउजु भएको खुलेको छ । सातौ संक्रमितमा परेकी यी महिला भने कम्युनिटी ट्रान्समिसनमा परेकी छन् । विज्ञका अनुसार यो महामारी पूर्वको अवस्था हो । त्यसैले यो सातौ संक्रमित नेपालका लागि निकै महत्वपूर्ण हुने बताइएको छ ।
तर ति सातौं संक्रमित महिलालाई भने कुनै लक्षण विना कोरोना पोजेटिभ देखिएको बताइएको छ । उनलाई कुनै पनि जटिल समस्या नरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।










