काठमाडौं । नेपाल आइडलको बिहिबार भएको गाला राउण्डमा सर्वाधिक भोट धनगढीका रवि ओडले पाएका छन । यो संगै उनि प्रतियोगिको उत्कृष्ट ७ मा पर्न सफल समेत भएका छन ।
एपी वान टेलिभिजनबाट प्रसारण हुने चर्चित रियालिटी सो नेपाल आइडलमा बिहिबार राती आठ जनाले दिएको प्रस्तुतीमा रविले सर्वाधिक भोट पाएर उत्कृष्ट ७ मा पर्न सफल भएका हुन । बिहिबार दिइएको प्रस्तुतीको नतिजा शुक्रबार राती घोषणा गरिएको हो ।
प्रतियोगीहरुले दिएको प्रस्तुतीमा दर्शकलाई भोट गर्नका लागि बिहिबार राती ८ः३० देखि शुक्रबार दिउसो १२ बजेसम्म भोटिङ समय दिइएको थियो । जसमा रविले सर्वाधिक भोट पाएका हुन । रविले कति भोट पाए भन्ने कुरा नेपाल आइडलले सार्बजनिक गरेको छैन ।
बिहिबारको गाला राउण्डमा रविले भुई चम्पा चम्पाका बौरन्यां आया…..बोलको लोक देउडा गीत गाएका थिए । जसलाई दर्शकले सर्वाधिक मन पराई भोट गरे ।
नेपाल आइडल सिजन २ मा सुदूरपश्चिमबाट रवि ओड एक्ला प्रतिस्पर्धी हुन । दर्शकको भोटका आधारमा नेपाल आइडलबाट प्रतियोगीमध्ये सबैभन्दा कान्छा धादिङका कृषल कडेँल बाहिरिएका छन् ।
रविले गाएको देउडा जजले बुझेनन तर दर्शकले सर्वाधिक भोट दिए
नेपाल आइडलको बिहिबारको गाला राउण्डमा रवि ओडले गाएको देउडा गीतले सर्वाधिक भोट पाउन सफल भयो ।
लोक पप गायक रामचन्द्र काफ्लेले गाएको भुई चम्पा चम्पाका बरौन्यां आया……बोलको गीतलाई रविले गाला राउण्डमा आफ्नो प्रस्तुतीमा गाएका थिए ।
सुदूरपश्चिमको लोक सस्कृती झल्किने पहिरनमा जसिएर रविले दिएको प्रस्तुतीलाई मन पराएर देश विदेश सबैतिरबाट भोटको लर्को आयो । तर, रविले गाएको देउडा गीत आफुले नुबझेको भन्दे जजहरुले प्रतिकृया दिएका थिए ।
जसले देउडा गीतको अपमान गरिएको भन्दै दर्शकहरुले सामाजिक संजालमा बिरोध गरेका थिए । रविले गाएको उक्त गीतमा अधिकांस नेपाली शब्दहरु समेटएका छन् ।
देउडा नेपाली गीत संगीतको एक अभिन्न अँग समेत हो । नेपालको कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा देउडालाई मौलीक लोग संगीतको रुपमा समेत लिइने गरिन्छ ।
पछिल्लो समय देउडा कुनै एक भेग र क्षेत्रको नभई राष्ट्रिय लोक संगीतका रुपमा विकास भइरहेको छ । नेपाली चलचित्रमा समेत पछिल्लो समय देउडा शैलीका गीतहरु राखिदा तिनले निकै चर्चा समेत पाइरहेका छन ।