लकडाउनको समय बढाउन, सुदूरपश्चिम सरकारको केन्द्र सरकारलाई सिफारिस

काठमाडौं । आफ्नो प्रदेशमा ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशले लकडाउनको समय बढाउनु पर्ने माग राखेको छ । प्रदेश सरकारले आइतबार लकडाउनको समय बढाउन केन्द्र सरकारलाई सिफारिस समेत गरेको छ ।

शनिबार एकै दिन ३ जनाको रिर्पोट पोजेटिभ आएपछि सरकारले आवतजावतमा पनि कडाई गरेको छ । सरकारले यसअघि ११ गतेबाट लागु हुने गरी यही चैत २५ गते सम्म देश लकडाउनको घोषणा गरेको छ ।

सरकारले घोषणा गरेको लकडाउनको अवधि सकिन २ दिन बाँकी रहदैं सुदूरपश्चिम सरकारले लकडाउनको समय बढाउन माग गरेको बताइएको छ ।

प्रदेशमा संक्रमण थप फैलिन नदिन लकडाउन अवधि लम्बाउने निष्कर्षसहित केन्द्र सरकारलाई सिफारिस गरिएको बताइएको छ ।

भारतबाट धेरै नेपालीहरु फर्किएकाले सुदूरपश्चिम कोरोनाको उच्च जोखिमा रहेको छ । कोरोनाको डरले अहिले स्थानीय बासीलाई एक ठाउँबाट अर्को ठाउँमा जान पनि रोक लगाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार