कैलालीका संक्रमित पुरुषको दोस्रो परीक्षण पनि पोजेटिभ, प्रदेश सरकार के गर्दै ?


कैलाली । कैलालीको कोरोना संक्रमित ३४ वर्षीय पुरूषको दोस्रो परीक्षण नतिजा पनि पोजेटिभ आएको छ।

उनको परिवारका सदस्यसंगै दोस्रो पटक गरिएको स्वाब परीक्षणमा पनि पोजेटिभ रिर्पोट आएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ ।

उनको पहिलो रिर्पोट चैत्र १४ गते पोजेटिभ आएको थियो। चैत्र ७ गते दुबईबाट भारतको नयांदिल्ली हुँदै घर पुगेका उनि ज्वरो, खोकी लगायतका समस्या देखिएपछि चैत ११ गते अस्पताल भर्ना भएका थिए।

संक्रमण भएको पुष्टी भएपछि उनको परिवारका सबै सदस्यको परीक्षण गर्दा उनकी भाउजुको पोजेटिभ र अन्य ७ जनाको नेगेटिभ रिर्पोट आएको थियो । अहिले देवर र भाउजु दुबैजनाको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रदेश सरकार के गर्दै ?

अहिलेसम्म बाहिरबाट आएका ब्यक्तिमा मात्रै कोरोना संक्रमण देखिएको थियो भने पहिलो पटक नेपालमा एक ब्यक्तिबाट अर्को ब्यक्तिमा कोरोना सरेको छ ।

यस घटनाले कोरोना नेपालमा दोस्रो चरणमा प्रवेश गरेको विज्ञहरुले बताएका छन् । उच्च सर्तक अझै बढाइने भने स्थिती भयाभव हुने समेत चिकित्सकहरुले बताएका छन् ।

सुदूरपश्चिममा देखिएका संक्रमित ४ मध्ये दुईजना भारतबाट आएको पाइएको छ । उनिहरु केहिदिन अघि भारतबाट आएर कैलालीको गौरीफन्टा र कंचनपुरको गड्डाचौकी, ब्रह्मदेव नाकामा सयौको भिडमा रहेको समेत खुलेको छ ।

जसले गर्दा अहिले सिंगो सुदूरपश्चिममा कोरोना संक्रमणको त्रास फैलिएको छ । भारतबाट आएका सबैजना अहिले पनि क्वारेनटाइनमा बसेका छैनन् । यो समयमा प्रदेश सरकारले प्रभावकारी कदम चाल्नुपर्ने सुदूरपश्चिमेलीहरुको आवाज छ ।

देशकै बढि संक्रमित देखिएपछि प्रदेश सरकार अझ थप शसक्त भएर कोरोनाबिरुद्ध उत्रिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले आइतबार यसबारे प्रदेशका नागरिकलाई संवोधन गर्दै कोरोना नियन्त्रण र उपचारका लागि विभिन्न योजना सार्वजनिक गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार