
धनगढी । धनगढीका पहिलो कोरोना संक्रमित युवाकाे तेस्रो रिर्पोट पनि पोजेटिभ आएको छ । दुबईबाट आएका ती युवाको तेस्रो रिर्पोज आज आएको र उक्त रिर्पोट पनि पोजेटिभ आएको बताएका छन् ।
३४ वर्षका उनलाई यो रिर्पोटसँगै अस्पतालको बसाई अझै लम्बिएको छ । उनले आफुलाई कुनै समस्या नभएको बताएका छन् । अहिले आफुलाई खोकी मात्रै लागिरहेको बताएका छन् । अरु त्यस्तो जटिल समस्या नभएपनि रिर्पोट पोजेटिभ आएपछि अस्पतालमै बस्नु पर्ने हुन्छ ।
दुबईबाट ती युवा केहि समय घरमा बसेका थिए । घरमा उनको भाउजुलाई पनि कोरोना संक्रमण देखिएको छ । उनको भाउजुको पनि दोस्रो परीक्षणको लागि स्वाब काठमाडौं पठाइएको थियो। उनका परिवारका अरु सदस्यलाई भने संक्रमण देखिएको छैन् ।
उनीसँग धनगढीको सेती प्रादेशिक अस्पतालमा ४ जनाको उपचार भइरहेको छ । यता टेकुमा उपचार गराई रहेका संक्रमितको दोस्रो परीक्षण पनि पोजेटिभ आएको छ । बाग्लुङकी १९ वर्षीया युवतीको पनि दोस्रो परीक्षणको नतिजा पोजेटिभ आएको थियो।
अहिले नेपालमा ८ जना टेकु, बाग्लुङ र धनगढीको आइसोलेसन कक्षमा उपचाररथ रहेका छन् ।
यसअघि टेकु अस्पतालले भने टेकुमा उपचार गराई रहेका विरामीलाई केहि दिनमै डिस्चार्ज गर्ने तयारी भइरहेको जनाएको थियो ।










