२०७६ कलाकारको विवाह वर्ष

बैशाख देखि फागुन सम्म ९ जोडीको विवाह

काठमाडौं । २०७६ लाई कलाकारको विवाह वर्ष भन्दा खासै फरक नपर्ला । वर्षको सुरुवाद देखि अन्तसम्म ९ वटा जोडी विवाह बन्धनमा बाधिएका छन् । चलचित्र क्षेत्रमा यो वर्ष खासै उपलब्धी मुलक नभए पनि विवाहका लागि भने निकै महत्वपूर्ण वर्षका रुपमा लिन सकिन्छ ।

वर्षको सूरुमै नायिका दीपिका प्रसाईले विवाह गरिन् । बैशाख २४ गते उनले निर्देशक दीवाकर भट्टराइसँग विवाह गरिन् । केही वर्ष प्रेममा रहेका यो जोडीले अन्तत विवाह नै गरे । ऐश्वर्य फिलिम बाट चर्चा कामाएकी दीपीकाले छक्कापञ्चाको टिमसँग पनि काम गरेकी थिइन् ।

त्यस्तै बैशाख २४ गते नै निर्देशक रेनशा वान्तवा राईले पनि विवाह गरिन् । उनले निर्माता पज्वल शमशेर जबरासँग भव्य विवाह गरेकी हुन् ।

अभिनेत्री कृति भट्टराईले पनि यसै वर्ष विवाह गरिकी छन् । उनले इन्जिनियर रोहित पौडेलसँग असार १२ गते धुमधामका साथ विवाह गरिन् । दरबारमार्ग स्थित लक्ष्मी नारायणको मन्दिरमा विवाह गरेकी कृतिको विवाहमा परिवार र आफन्तको भव्य सहभागिता रहेको थियो ।
कृतिकाले ‘विश्वास’, ‘उपहार’, ‘उनको सम्झनामा’ लगायत करिव आधा दर्जन फिल्ममा अभिनय गरेकी छन् ।

मंसिर २१ मा अभिनेत्री ऋचा शर्मा प्रेमी दिपेक्क्ष बिक्रम रानासँग विवाह बन्धनमा बाधिन् । नायिका ऋचा शर्माको विवाह यो वर्ष चर्चामा रहन पुग्यो । दुई वर्ष प्रेममा रहेको यो जोडीको प्रेम विवाह हो । लबिम मलका जेनेरल म्यानेजर रहेका रानासँग धुमधामसँग विवाह गरेकी ऋचाको विवाहले नेपाली मिडियामा चर्चा पायो । विवाह अघि आफ्ना नजिकका साथीलाई रिसेप्सन पार्टी दिएकी ऋचाको विवाहपछि लामो समयसम्म चर्चा चलिरह्रयो ।


यो वर्ष अभिनेत्रीको विवाहले नेपाली मिडियामा निकै चर्चा र स्थान पाएको थियो । त्यस्तै चर्चाको विषय बन्यो अभिनेत्री प्रियंका कार्कीको विवाह । पहिलेदेखि नै चर्चामा रहेका अभिनेत्री प्रियंका र अभिनेता आयुष्मान देशराज जोशीले फागुन १५ गते धुमधामका साथ विवाह गरे । विवाहको अघिल्लो दिन जिल्ला अदालत ललितपुरमा कानुनी रुपमा पनि प्रक्रिया पुरा गरेका थिए ।

पारिवारिक सदस्य, साथीभाइको उपस्थितीमा विवाह गरेका प्रियंका र आयुष्मानले विवाह भोज समेत खुवाएका थिए । विवाह अगाडि प्रियंका आयुष्मानले मेहेन्दी समारोह समेत आयोजना गरेका थियो । त्यसअघि प्रियांकाले आफ्ना नजिकका साथीहरुलाई लगेर व्यांकक गएर रिसेप्सन पार्टी दिएको भनेर निकै चर्चा पनि भएको थियो । जे होस्, यो जोडी पनि केही समयसम्म मज्जाको गसिप बन्यो ।


त्यस्तै अर्को चर्चित जोडी हो आचल शर्मा र उदिप श्रेष्ठ । वर्षको अन्तिममा विवाह गरेकी यी अभिनेत्रीको विवाहको मात्रै नभएर, पार्टीको समेत चर्चा भयो । फागुन २९ गते डाक्टर उदिप श्रेष्ठसँग विवाह गरेकी अभिनेत्री आचल शर्माको लुगा देखि, विवाह पार्टीमा हेलिकप्टर चार्टर सम्मको चर्चा भयो । यसका साथै उनले लगाएको गहनाको पनि निकै आलोचना भएको थियो  ।  आचल र उदिपले एक वर्षको प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका थिए ।

नाट्यकर्मी तथा अभिनेता विजय बराल र नाट्यकर्मी प्रमिला खनालले पनि यसै वर्ष विवाह गरेका हुन् । विजय र प्रमिलाले फागुन १४ गते विवाह गरेका थिए ।


अभिनेत्री तथा नाट्यकर्मी केनिपा सिंह र सुलभ पहारीले पनि यसै वर्ष विवाह गरे । केनिपाले पनि प्रेम विवाह गरेकी हुन् । केनिपाको फिल्म ‘साईली’मा महत्वपूर्ण भूमिका रहेको थियो भने लाटीको छोरो नाटकमा पनि उनी कलाकारको रुपमा रहेकी थिइन् ।

यसैगरी कबड्डी फिल्मबाट मैयाको उपनाम पाएकी अभिनेत्री रिश्मा गुरुङले पनि यही वर्ष विवाह गरेकी छन् । उनले प्रेमी सन्दीप गुरुङसँग पोखरामा विवाह गरेकी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार