सांसद नहुँदा पनि बाँचेकै थिए भन्दै नारायणकाजी श्रेष्ठद्धारा एक बर्षको पारिश्रमिक नलिने घोषणा


काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशले एक वर्षको पारिश्रमिक नलिने घोषणा गरेका छन् ।
नयांबर्षकै दिन उनले सामाजिक संजालमार्फत यस्तो घोषणा गरेका हुन ।

कोरोनाका कारण देश संकटमा रहेका बेला सांसद भएवाफत आफुले पाउने पारिश्रमिक एक बर्षसम्म नलिने र उक्त रकम विपन्न बर्ग केन्द्रित आर्थिक राहात प्याकेजका लागि दिने घोषणा गरेका छन् ।

सत्तारुढ नेकपाका प्रभावशाली नेता समेत रहेका श्रेठले पारिश्रमिकमध्ये दुई महिनाको तलब कोभिड १९ उपचार तथा राहत कोषमा र बाँकी १० महिनाको तलब विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गरेका हुन् ।

‘हामी अहिले कोभिड-१९ र उत्पन्न संकटको सामना गरिरहेका छौं। यसबेला एकतावद्ध भई आ-आफ्नो ठाँउबाट भूमिका खेल्नु जरुरी छ, यस स्थितिमा मैले राष्ट्रियसभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड-१९ कोष र बाँकी विपन्न वर्ग केन्द्रीत आर्थिक राहात प्याकेजका लागि दिने घोषणा गर्दछु, सोमबार ट्वीट गर्दै श्रेष्ठले भनेका छन् ।

उनले आफू घुस र भ्रष्टाचारको शत्रु भएको समेत बताएका छन्।

यो पनि पढ्नुहोस

२०७६ साललाई फर्केर हेर्दाः रवि लामिछाने पक्राउदेखि महराकाण्ड, ७० करोड कमिसनलगायत चर्चित १२ घटना

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार