मन्त्री मगरद्धारा आफ्नो निर्वाचन क्षेत्रमा चार करोड बजेट विनियोजन

कंचनपुर। खानेपानी मन्त्री बिना मगरले आफ्नो निर्वाचन क्षेत्रमा चार करोडको  बजेट विनियोजन गरेकी छन् । निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत मन्त्री मगरले आफ्नो निर्वाचन क्षेत्रमा समान चार करोडको बजेट विनियोजन गरेकी हुन ।

अर्थ मन्त्रालयले ” निर्वाचन क्षेत्र विकास कार्यक्रम ” अन्तर्गत चालू आर्थिक वर्षका लागि एक निर्वाचन क्षेत्रमा चार करोड रकम विनियोजन गरेको थियो । मन्त्री मगरले उक्त बजेट सबै स्थानियतहमा विनियोजन गरेकी छन । उनको क्षेत्रमा दुई नगरपालिका र दुई गाँउपालिका रहेको छन्।
चार करोड बजेट यसरि समान रुपले विनियोजन गरियो

खानेपानी मन्त्री मगरले आफ्नो निर्वाचन क्षेत्रभित्र रहेका सबै गाँउपालीका र नगरपालीकालाई बराबर बजेट विनियोजन गरेकी छन ।
बेलौरी नगरपालिका
कंचनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलौरी नगरपालीको बेलौरी रङ्गशाला निर्माण ५० लाख विनियोजन गरिएको छ । नगरपालीका भित्रका सडक स्तरोन्नतीका लागि पडांउ गाउँ कालोपत्रेका लागि १५ लाख, रामनगरमा जडीबुटी केन्द्र निर्माणका लागि १५ लाख, त्रिपुरा सुन्दरी मन्दिर निर्माणका लागि १० लाख र सुतियानालामा तटबन्ध निमार्णका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
पुर्नवास नगरपालिका
मन्त्री मगरले पुर्नवास नगरपालीकाको पुर्नवास लामैया नाला पुल निर्माणका लागि ४० लाख रुपैयाँ, पुर्नवास कभर्डहल निर्मणका लागि २० लाख रुपैयाँ, सहिद भवन निर्माणका लागि १० लाख रुपैयाँ, भ्यू टाउर निर्माणका लागि १० लाख रुपैयाँ, दिव्य भवन निर्माणका लागि १० लाख रुपैयाँ र गैसमति चर्चलाई १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
लालझाडी गाउँपालिका
मन्त्री मगरको निर्वाचन क्षेत्रमध्ये सबैभन्दा पिछडिएको र बाढिबाट प्रभावित क्षेत्र लालझाडी गाँउ पालीकाका लागि लालझाडीमा रानाथारु होमेष्टे र बाल उद्यान निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालीको मुख्य बजार चाँन्देवदेखि नन्दगाउँसम्मको सडक स्तरोन्नतीका लागि २५ लाख र नन्दगाउँदेखि गडबिजला ताल सडक स्तरोन्नतीका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
बेलडाँडी गाउँपालिका
मन्त्री मगरको निर्वाचन क्षेत्रको पश्चिमी क्षेत्रका रुपमा रहेको बेलडाँडी गाउँपालीकाको कालिकिच ताल पर्यटन प्रर्बद्धनका लागि ४० लाख रुपैयाँ छेट्याइएको छ । त्यस्तै वडा नम्बर ३ मा सडक स्तरोन्नतीका लागि २० लाख रुपैयाँ, त्यस्तै अन्य सडक स्तरोन्नती १० लाख रुपैयाँ, सिमसार संरक्षणका लागि १० लाख रुपैयाँ र रामजानकी मन्दिर निर्माणका लागि १० लाख रुपैया विनियोजन गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार