अमेरिकाबाट अभियान्ता महाविर पुनलाई ९ लाख आर्थिक सहयोग

६ करोड बढि आर्थिक साहेता जुटिसक्यो

काठमाडौं । सामाजिक अभियान्ता महाविर पुनले आफ्नै पहलमा स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई विभिन्न ठाँउबाट सहयोग आईरहेको छ । केन्द्र स्थापनाका लागि सरकारले चासो नदिएपछि आफै लागिपरेका पुनलाई मगर संघ अमेरिकाको समन्वयमा आर्थिक सहयोग गरिएको छ ।

आईतबार काठमाडौंमा एक कार्यक्रमकाबीच संकलीत ९ लाख ३८ हजार ५ सय बत्तिस रुपैंया सामाजिक अभियन्ता पुनलाई हतान्तरण गरिएको हो । संकलन गरिएको उक्त रकम मगर संघ अमेरिकाका केन्द्रीय सदस्य सुरेन्द्र प्रताप पुलामी, एनआरएन युएसए न्यूर्योक च्याप्टरका भाइस प्रिसीडेन्ट विष्णु मगर र मगर संघ नेपालका केन्द्रीय अध्यक्ष नविन रोक्का मगरले केन्द्रका प्रमुख पुनलाई हस्तान्तरण गरेका थिए ।

राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि सरकारले खासै चासो नदिएपछि आफै जुटेका सामाजिक अभियान्ता पुनलाइ देश विदेशबाट धेरै नेपाली संघसंस्था र ब्यक्तीगत तर्फबाट सहयोग आईरहेको छ ।

अहिलेसम्म केन्द्रलाई विभिन्न क्षेत्रबाट ६ करोड बढि आर्थिक साहेता छुटिसकेको अभियान्ता पुनले अनमोलपोष्टलाई जानकारी दिए ।

केन्द्र स्थापनाका लागि पटक पटक सरकारसंग आग्रह र केन्द्रको उदेश्य तथा योजनाबारे जानकाी दिदा समेत कुनै सहयोग नपाइएपछि सामजिक अभियान्ता पुन केन्द्र स्थापनामा एक्लै जुटेका थिए ।

पुनले सन २०१२ मा सूचना तथा प्रबिधी मार्फत देशमा सम्भावनाहरुको खोज र स्वदेशी विद्यार्थीलाई सहयोग गर्ने उद्धेश्यका साथ मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्र्को स्थापना गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार