कोरोना कहरमा जनतालाई मन्त्री बिना मगरको साथ

४ पालिकालाई अर्को महत्वपुर्ण सहयोग

काठमाडौं । विश्वसंगै नेपाल पनि अहिले कोरोना कहरबाट गुज्रिरहेको छ । लामो समयसम्म गरिएको लकडाउनका कारण गरीब, मजदुर,अशक्तहरुलाई ज्यान बचाउँ नै मुस्किल परिरहेको छ । कोरोना भन्दा पनि भोकले ज्यान जाने अवस्था सिर्जना भइरहेका खबरहरु आइरहेका छन् ।

यस बखत बिशेषगरी गरिखाने बर्ग बढि समस्यामा परेको छ । लकडाउनका कारण काम, रोजगारी गुमेपछि धेरैलाई हातमुख जोर्न मुस्किल परिरहेको छ ।

काठमाडौं उपत्यका लगायत देशका विभिन्न शहर बजारमा डेरागरी बस्ने, ज्याला मजदुरी गर्नेहरु लकडाउनका कारण बस्न नसकेपछि चार /पाँच दिन पैदल हिंडेरै गाउँ गइरहेका कारुणिक तस्बिरहरु यतिबेला समाजिक संजालमा भाइरल भइरहेका छन् ।

लकडाउन लम्ब्याउने सरकारले यस्ता भुइमान्छेहरुका समस्याबारे नसोचेको भन्दै तिर्ब आलोचना पनि भइरहेको छ । सरकारद्धारा केहि मात्रामा दिइएको राहात अप्रयाप्त र अपारदर्शी रहेको ब्यापक जनगुनासाहरु आइरहेका छन् । कतिपय ठाउँमा जनताहरु जनप्रतिनिधि प्रती नै आक्रोषित बनिरहेका छन् ।

कोरोना कहरमा जनतालाई मन्त्री मगरको साथ

खानेपानी मन्त्री बिना मगर यो संकटको घडिमा जनताको बलियो अभिभावक बनेकी छन् । कोरोना कहरमा जनतालाई अभिभावकत्व महसुश गराइरहेकी छन् ।

कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भइसकेपछि उनि दर्जनौं पटक आफ्ना जनताका हरेक दुख पीडा, समस्यामा हातेमालो गर्न स्थानिय तहमै पुगेकी छन् ।

यतिबेला कोरोनाका कारण देश लामो लकडाउनमा रहेका बेला मन्त्री मगरले बिशेषगरी आफ्ना निर्वाचन क्षेत्रका गरीब, अशक्त, मजदुर बर्गलाई ब्यक्तिगत रुपमै महत्वपुर्ण सहयोग गरिरहेकी छन् ।

मन्त्री मगरले लकडाउनको पहिलो चरणमा त्यस्ता जनताका लागि खाद्यान्न सहयोग गरिन भने दोस्रो चरणमा महत्वपुर्ण स्वास्थ्य सामाग्री सहयोग गरेकी छन् ।

मन्त्री मगरले आफ्नो निर्वाचन क्षेत्रका ४ वटा पालिकाहरुलाई बिहीबार मात्रै स्वास्थ्य सामाग्री सहयोग गरेकी छन् । दुई वटा नगरपालिका र दुई वटा गाउँपालिकाहरुलाई मास्क, सावुन, पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीई) लगायतका महत्वपुर्ण स्वास्थ्य सामाग्री सहयोग गरेकी हुन ।

उनले बेलौरी र पुनर्वास नगरपालिकालाई ५ / ५ हजार मास्क, ३०/३० पीपीई सेट, र ४ / ४ सय साबुन सहयोग गरेको स्वकीय सचिव दिपक तिमल्सेनाले जानकारी दिएका छन् । उनका अनुसार लालझाडी र बेलडाँडी गाउँपालिकालाई ४ / ४ हजार थान मास्क, १८ /१८ थान पीपीई सेट, २ / २ सय साबुन सहयोग गरिएको छ । ।

जनता नै ‘जर्नादन’
कोराना रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्येश्यले उक्त सामाग्रीहरु पालिकाहरुलाई सहयोग गरिएको मन्त्री मगरले बताएकी छन् । उनले आगामी दिनमा पनि आवश्यक सहयोग निरन्तर जारी रहेको समेत बताइन ।

आफ्ना लागि जनता नै ‘जर्नादन’ भएकाले उनिहरुका हरेक दुख पीडामा आफ्नो सधै साथ रहने उनको भनाई छ । साथै कोरोनाबाट बच्न र यसलाई फैलन नदिन सरकारले ‘लकडाउन’ जारी राखेकाले यसको पुर्ण पालना गर्न सम्पुर्णमा आग्रह समेत गरेकी छन् ।

मन्त्री मगरले स्थानिय सरकारका जनप्रतिनिधिहरुलाई कोरोना रोकथाम तथा नियन्त्रणमा अझै सकृय रुपमा लाग्न आग्रह गरेकी छन् ।
लकडाउनका कारण समस्यामा परेका बर्गहरुको सहि पहिचानगरी समस्या समाधान गर्नतर्फ गम्भिर रुपले लाग्न पनि  स्थानिय जनप्रतिनिधिहरुलाई आग्रह गरेकी छन् ।

स्मरण रहोस यसअघि पनि मन्त्री मगरले आफ्नो निर्वाचन क्षेत्रका चार वटै पालिकाहरुलाई पच्चीस/ पच्चीस क्विन्टलका दरले एक सय क्विन्टल चामल राहत स्वरुप ब्यक्तिगत रुपमै सहयोग गरेकी थिइन ।

लकडाउनमा निम्न बर्गलाई राहातको खाँचो
कंचनपुरको दक्षिणी क्षेत्र आफैमा पिछडिएको र विभिन्न समस्याले जगडिएको क्षेत्र हो । जुन मन्त्री बिना मगरको निर्वाचित क्षेत्र हो ।
जहाँ गरिबी, अशिक्षा, भुमिहिनता, नदी कटान, आरक्ष पीडित, सडक लगायतका समस्याहरु ब्याप्त छन् ।

लकडाउनमा बिशेषगरी मजदुरी गरेर गुजारा गर्ने पूर्व कमैया, भुमिहिन, आरक्ष पीडित, बाढि पीडित, दलित समुदायहरुका सयौं परिवार प्रत्यक्ष मारमा परेका छन् । लकडाउनका कारण ज्याला, मजदुरी गर्न नसकेपछि उनिहरुलाई हातमुख जोर्न समस्या पर्दै गइरहेको उनिहरुले बताइरहेका छन् ।

केहि दिन अघि सुदूरपश्चिम सरकारले विपन्न, गरीब तथा ज्याला मजदुरी गर्ने परिवारलाई लकडाउनको समयमा केहि आर्थिक र खाद्यान्न राहात स्वरुप सहयोग गर्ने घोषणा गरेको थियो । तर, अहिलेसम्म त्यस्ता परिवारले कुनै राहात नपाएको गुनासो आइरहेको छ ।

स्थानिय तहले कतिपय ठाउँमा दिएको राहात अप्रयाप्त र अपारदर्शी रहेको गुनासाहरु पनि धेरै आइरहेका छन् । मन्त्री मगरले आफ्ना क्षेत्रका जनताको अवस्था बुझेर ब्यक्तिगत रुपमै भएपनि दिएको राहात सहयोग सकारात्मक छ, तर प्रयाप्त होइन ।

ब्यक्तिगत रुपमा भएपनि स्थानिय तहमार्फत जनतामाझ पुग्ने उक्त राहातले मर्कामा परेका जनतालाई पक्कै पनि अभिभावकत्व महसुश हुनेछ । एउटा असल जनप्रतिनिधिले निभाएको कर्तब्यको मुल्याङक उनिहरुले अवश्य गर्नेछन् ।

तर, त्यहाँका पूर्व कमैया, बाढि पीडित, दलित, भुमिहिन, आरक्ष पीडित र गरीबहरुका लागि लकडाउन अवधिभर प्रयाप्त राहात सामाग्री उपलब्ध गराउन मन्त्री मगरले अझै पहल गर्न आवश्यक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार