
काठमाडौं । बरामद गरेको सुन बाँडफाँड गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवाका १६ जना प्रहरीलाई निलम्बन गर्न निर्देशन दिएको छ ।
चीनबाट अवैध रुपमा नेपाल भित्रिएको सुन बरामद गरी बाँडफाँड गरेको आरोपमा अख्तियारले रसुवाको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरीलाई निलम्बन गर्न निर्देशन दिएको हो।
बरामद गरेको सुन प्रहरीले बाँडफँड गरेको उजुरी परेपछि अख्तियारले प्रधान कार्यालय नक्साललाई पत्रचार गर्दै प्रहरी उनिहरुलाई निलम्वन गर्न निर्देशन दिएको छ ।
केरुङबाट नेपाल आउँदै गरेको ना६ख ४९३२ नम्बरको कन्टेनरबाट गत पुस ११ गतेभित्रिएको ४२२ ग्राम सुन सम्बन्धित निकायमा नबुझाइ एक आपसमा बाँडफाँड गरेको आयोगमा उजुरी परेको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार निलम्बन गर्न परिपत्र गरेका प्रहरीहरुको नामावलीः
१) प्रहरी निरीक्षक खेम प्रसाद नेपाल
२) प्रहरी नायव निरीक्षक भोज बहादुर सेन वली
३) प्रहरी सहायक निरीक्षक रामशरण कुमाल
४) प्रहरी हवल्दार रामशरण रिमाल
५) प्रहरी हवल्दार पुरुषोत्तम खत्री
६) प्रहरी हवल्दार रामकाजी लामा
७) प्रहरी हवल्दार गोपी बहादुर लो तामाङ
८) प्रहरी जवान शिव नारायण चौधरी
९) प्रहरी जवान भविलाल रुम्बा लामा
१०) प्रहरी जवान रामचन्द्र वि।क।
११) प्रहरी जवान रिता चौधरी
१२) प्रहरी जवान मनोज आले
१३) प्रहरी जवान छेक्यु डोल्मा मोक्तान
१४) प्रहरी जवान तारा बहादुर प्रजा
१५) प्रहरी जवान युवराज खरेल
१६) प्र.का.स. हरी बहादुर श्रेष्ठ










