
दार्चुला । दार्चुला पारी भारतको क्वारेन्टाइनमा आमा किरिया बसेका बासुदेव भट्टलाई नेपाल ल्याइएको छ । गृहमन्त्राकाे आदेशमा जिल्ला प्रशान कार्यालय दार्चुलको पहलमा उनलाई नेपाल ल्याइएको हो ।
जिल्लाकाे शैल्यशिखर नगरपालिका १ का भट्ट गत फागुनमा काम गर्न भारत गएका थिए । भारतबाट नेपाल फर्किने बेला लकडानमा परेपछि उनी धार्चुलाको क्वारेन्टाइनमा बसेका थिए । तर नेपालमा उनकी आमाको गएकाे मंगलबार हृदयघातका कारण मृत्यु भएको थियो।
आमाको मृत्यु भएपनि उनलाई नेपाल आउन पाइएन र क्वारेन्टाइनमै किरिया बसेका थिए । यो विषयमा विभिन्न सञ्चार माध्यममा समाचार आएपछि गृह मन्त्रालयले शुक्रबार नेपाल फर्काउनका लागि पहल गर्न आदेश दिएको थियो ।
उक्त आदेशपछि दुई देशमा भएको छलफलले गर्दा आइतबार बासुदेव नेपाल आएका छन् ।










