१०१ वर्षीया भगवतीलाई परिचयपत्र दिदै राष्ट्रिय परिचयपत्र वितरण शुभारम्भ

पहिलो चरणमा पाँचथर र सिंहदरबार भित्रका कर्मचारीलाई

काठमाडौं ।  सरकारले आज (सोमबार) देखि बहुउपयोगी राष्ट्रिय परिचयपत्र वितरण शुरु गरेको छ । पाँचथरको फिदिमकी एक बयोबृद्ध १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गर्दै बहुउपयोगी राष्ट्रिय परिचयपत्र वितरणको सुभारम्भ गरिएको हो ।

भण्डारीलाई गृहमन्त्री राम बहादुर थापाले परिचयपत्र प्रदान गरेका थिए । पाँचथरको फिदिममा गृह मन्त्रालयले आयोजना गरेको ‘राष्ट्रिय परिचयपत्र वितरण राष्ट्रिय समारोहमा गृहमन्त्री थापा प्रमुख अथितिको रुपमा उपस्थित थिए ।

भण्डारीलाई परिचयपत्र दिएसंगै गृहमन्त्री थापाले पनि आजै राष्ट्रिय परिचयपत्र लिएका छन ।
राष्ट्रिय परिचयपत्र वितरणको कार्यलाई राष्ट्रिय उत्सवको रूपमा मनाउन शुभारम्भ कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, गृहसचिव प्रेमकुमार राईलगायत विशिष्ट व्यक्तित्वसमेत सहभागी थिए ।
परिचय पत्र वितरणका लागि पाँचथरमा ५२ हजारभन्दा बढीको विवरण संकलन गरिएको छ ।

२०६७ सालदेखि अवधारणगत रुपमा अगाडि आएको रष्ट्रिय परिचयपत्र वितरणको कार्य पहिलो चरणमा पाँचथर र सिंहदरबार भित्रका कर्मचारीलाई वितरण गरिने गृहमन्त्रालयले जनाएको छ ।

सरकारले वितरण शुरु गरेको राष्ट्रिय परिचयपत्रमा नागरिकका व्यक्तिगत र जैविक सुचना संकलन गरिनेछन ।

नागरिकलाई राष्ट्रिय परिचय नम्बर र बायोमेट्रिक प्रविधि सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने उद्देश्यसहित राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिएको हो ।

आगामी ३ वर्षभित्र सबै प्रदेशहरुमा राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने सरकारको लक्ष्य छ । सात वटै प्रदेशका केहि जिल्लाहरुमा भने यसै बर्षदेखि परिचयपत्र वितरण सुरु गरिने गृहमन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार