
काठमाडौं । उदयपुरमा फेरि एक जनामा कोरोना पुष्टि भएको छ । ३३ वर्षका एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलबार नेपाली सेनाको नेतृत्वमा गएको टोलीले नमुना संकलन गरेर काठमाडौं ल्याएको थियो । उक्त संकलनको केही परीक्षण बाँकी रहेको मन्त्रालयले जनाएको छ ।
याेसँगै नेपालमा संक्रमितकाे संख्या ३२ पुगेकाे छ । जसमध्ये ४ जना निकाे भएर घर फर्किसकेका छन् ।










