बेलायतमा कोरोनाबाट थप एक नेपालीको मृत्यु, मृतकको संख्या १८ पुग्यो

लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या १८ पुगेको छ । आइतबार एक जना नेपालीको मृत्यु भएपछि मृतकको संख्या १८ पुगेको हो ।

कोरोनाका कारण याङ्जाकोट स्थायी घर भएका ४९ वर्षीय विजय गुरुङको मृत्यु भएको हो । उनको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको बताइएको छ ।

विजयकाे आइतबार मृत्यु भए पनि अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो ।

स्वासप्रश्वासमा समस्या देखिएपछि विजयलाई गत साता अस्पताल भर्ना गरिएको थियो । उनको अस्पतालमै मृत्यु भएको परिवारले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार