
कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीबाट थप एकजना कोरोना जितेर घर फर्केका छन् । सुदूरपश्चिममा तेस्रो कोरोना जित्ने ब्यक्ति बेदकोट नगरपालिका ९ कञ्चनपुरका ४१ बर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।
उनको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपनि उनलाई आज अस्पतालबाट डिस्चार्ज गरेर घर पठाइएको हो ।
यसअघि हिजो मात्रै धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय संक्रमित युवा निको भएर घर फर्केका थिए । त्यसअघि कैलालीको लम्की चुहा नगरपालिकाका २१ बर्षीय युवा कोरोना जितेर घर फर्केका थिए ।
सेती प्रादेशिक अस्पतालमा अझै दुईजना संक्रमित महिलाको उपचार जारी छ । अस्पतालका अनुसार उनिहरुको अवस्था पनि सामान्य रहेको छ ।









