
काठमाडौँ । कुवेतमा थप ५ जना नेपाली कामदारमा कोरोना संक्रमण भेटिएका छन् । यो सँगै कुवेतमा संक्रमित नेपालीको संख्या २९ पुगेको छ ।
कुवेतको स्वास्थ्य मन्त्रालयद्धार बुधबार सार्वजनिक गरिएको रिपोर्टअनुसार क्वारेन्टाइनमा राखिएका नेपालीसहित एक सय ६८ जनामा कोरोना पोजिटिभ देखिएको हो । सबैभन्दा बढी भारतीय कामदारमा संक्रमण देखिएको जनाइएको छ ।













