
धनगढी । सुदूरपश्चिममा कोरोना संक्रमितहरु निको भएर घर फर्किरहेका छन् । पाँच जनामा कोरोना पुष्टि भएपछि निकै त्रसित बनेको सुदूरपश्चिम पछिल्लो समय भने कोरोनामाथि एकपछि अर्को सफलता पाइरहेको छ ।
बिहिबार मात्रै कैलालीको लम्की चुहा नगरपालिका १ कि ५० वर्षीय महिला कोरोना जितेर घर फर्किएकी छन् । चैत २२ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनी बिहिबार निको भएर घर फर्किएकी हुन । सुदूरपश्चिमकी चौथो कोरोना संक्रमित उनको लगातार दुई पटक रिर्पोट नेगेटिभ आएपछि घर पठाएको अस्पतालले जनाएको छ ।
योसँगै सुदूरपश्चिममा ४ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् भने १ जना उपचारत रहेकी छन् ।
विरगञ्जमा चिसा पसल संचालन गर्ने उनी त्यहाँबाट घरगएपछि १२ दिन क्वारेन्टाईनमा बसेकी थिईन् । त्यसपछि चैत २२ गते कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि उनलाई सेति प्रादेशिक अस्पतालमा लगिएको थियो ।
हिजो पनि कञ्चनपुर बेदकोटका ४१ बर्षीय पुरुष किरोना निको भएर घर फर्किएका थिए ।









