क्वारेन्टाइनमा बसेकी अविवाहित युवतीले बच्चा जन्माएपछि…….

ओखलढुङ्गा । क्वारेन्टाइनमा बसेकी एक युवतीले मृत बच्चा जन्माएकी छन् । १६ वर्षीय ती युवती अविवाहित रहेको पनि खुलेको छ । रासस लगाएतका सञ्चार माध्यामहरुमा आएका खबर अनुसार ती युवती ओखलढुङ्गाकाे मोलुङ गाउँपालिका १ की रहेकी छन् ।

उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा रहेको क्वारेन्टाइनमा बसेको र त्यही उनले मृत शिशुलाई जन्म दिएकी छन् । बुधबार क्वारेन्टाइनमै मृत बच्चा जन्माएकी उनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि ओखलढुङ्गा सामुदायिक अस्पताल पठाइएको बताइएको छ ।

समय नपुगि जन्मिएको बच्चा प्रहरीको जिम्मा लगाइएको छ भने उनलाई अहिले ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको छ । रक्तस्रावको केही समस्या भए पनि युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

युवती उदयपुरबाट आएकाले कोरोनाको डरले बच्चाको पोष्टमार्टम नगरिएको अस्पतालले बताएकाे छ । प्रहरीका अनुसार अविवाहित  युवतीले बच्चा जन्माएको र अरु कुरा अहिले नै भन्न नसकिने बताएको छ ।

ती युवतीले कसरी बच्चा जन्माइन्, उक्त बच्चा कस्को हो भन्ने बारेमा अहिले केहि पनि जानकारी नभएको बताइको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार