कैलालीका स्थानीय संक्रमितको पाचौं रिपोर्ट पनि पोजिटिभ

कैलाली । एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलिएको कैलालीकी महिलाको पाँचौ रिपोर्ट पोजिटिभ आएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ बर्षकी संक्रमतिको सोमबार गरीको परीक्षणको पाँचौ रिपोर्ट पनि पोजिटिभ आएको हो ।

२५ दिनदेखि उपचाररत उनको दुबईबाट आएका परिवारकै सदस्यबाट कोरोना संक्रमण भएको थियो । तर, ती युवक भने निको भएर घर फर्किसकेका छन् ।

पाँच जनाको उपचार गराई रहेको सेती प्रादेशिक अस्पतालमा अहिले ती महिला मात्रै छन् । अरु चार जना भने निको भएर घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार