
काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा केहिबेरअघि सुरु भएको छ ।
उत्कर्षमा पुगेको नेकपाको आन्तरिक विवाद समाधानका लागि दोस्रो पटक सचिवालय बैठक बसेको हो । बैशाख १७ गते बसेको पहिलो बैठकले आज पुनः बस्ने निर्णय गरेको थियो ।
बैठक बस्नुअघि प्रधानमन्त्री ओलीले शितल निवास पुगेर राष्ट्रपति बिद्यादेवि भण्डारीसंग भेटवार्ता गरेका थिए । नेकपाभित्र अहिले ओली नेतृत्वको सरकार र उनको कार्यशैलीलाई लिएर पार्टीभित्र चरम विवाद उत्पन्न भएको छ । पछिल्लो समय सरकारले पार्टीमा छलफल नै नगरी ल्याएका दुईवटा अध्यादेशपछि विवाद झन उत्कर्षमा पुगेको हो ।
नेताहरुले विवाद समाधानका लागि स्थायी कमिटी बैठक बोलाउन दुबै अध्यक्षलाई यसअघि नै पत्रमार्फत आग्रह गरिसकेका छन् ।
स्थायी बैठक बोलाउन अध्यक्ष प्रचण्ड तयार रहेपनि ओली मौन रहँदा नेताहरुबीच पछिल्ला दिनहरुमा ब्यापक समुहगत छलफल हुँदै आएका छन् । आजको सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउनेबारे निर्णय गर्नसक्ने बताइएको छ ।










