कोरियामा पनि सुतेकै अवस्थामा नेपालीको मृत्यु

काठमाडौं । धन कमाउन विदेश गएका नेपालीको अचानक मृत्यु हुने क्रम रोकिएको छैन । यसैक्रममा श्रमका लागि दक्षिण कोरियामा उदयपुरका एक नेपालीको मृत्यु भएको छ ।

उदयपुरको कटारीका २० वर्षीय दीपक कार्कीको सुतेकै अवस्थामा बुधबार मृत्यु हो ।

कोरियाको स्ट्रबेरी फर्ममा काम गर्दै आएका कार्की मंगलबार राति खाना खाएर सुतेका थिए तर बुधबार बिहान मृत्यु भएको अवस्था फेला परे । ‘उनी पाँच महिनाअघि भाषा परीक्षा पास गरी कोरिया आएको बुझिएको छ, सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिए । मृत्युबारे आवश्यक जाँचबुझ गरि शव नेपाल पठाउने तयारि भइरहेको दुतावासले जनाएको छ ।

दक्षिण कोरियामा विभिन्न कारणले मृत्यु हुनेको सङ्ख्या बढिरहेको पाइन्छ । सन् २००७ देखि हालसम्म १६० नेपालीको विभिन्न कारणबाट मृत्यु भइसकेको छ । रोजगारीका लागि हाल कोरियामा करीब ३६ हजार नेपाली औद्योगिक तथा कृषि क्षेत्रमा काम गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार