इलाममा सशस्त्र प्रहरी र विप्लव समूहबीच गोली हानाहान, विप्लवका तीन जना कार्यकर्ता पक्राउ

इलाम । इलाममा सशस्त्र प्रहरी र सरकारद्धारा प्रतिबन्धित विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । गएराति इलामको माई नगरपालिका ९ बोरुङमा गोली हानाहान भएको हो ।

विशेष सुराकीको आधारमा दानाबारी र चिसापानीबाट गएको प्रहरीको टोलले स्थानीय धनबहादुर लिम्बुको घरमा घेरा हालेपछि विप्लव समूहको सेन्ट्रीले गोली चलाएको हो । जवाफीमा सशस्त्र प्रहरीले ७ राउण्ड फायरिङ गरेको थियो ।

फायरिङपछि प्रहरीको टोलीले विप्लव समूहका इलाम जिल्ला इञ्चार्ज हिम भन्ने पुष्प कोइराला, कार्यकर्ता जलन शेर्पा र सौरभ तामाङ पक्राउ परेका गरेको छ ।

साथै उनीहरुको साथबाट १९ वटा डेटोरनेटर फ्युज, फ्युज र डेटोनेटर लगाउँदा पड्किने गरी तयार गरिएको एउटा प्रेसर कुकर, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने कच्चा पदार्थ तीन किलो, बाइनाकुलर लगायत बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई अनुसन्धानका लागि प्रहरीले सामाग्री सहित नेपाल प्रहरीको जिल्ला कार्यालय, इलाममा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार