
धनगढी । सुदूरपश्चिमकी पाँचौं कोरोना संक्रमित महिला अस्पतालबाट डिस्चार्ज भएकी छन् । सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको हो ।
धनगढी उप महानगरपालिका ५ हसनपुरकी ३४ वर्षीया ती महिलालाई चैत २२ गते कोरोना संक्रमण भएको थियो । दुबई बाट आएका उनका देवर नाता पर्ने अमृत शाहीलाई चैत १४ गते कोरोना संक्रमण भएको थियो ।
उनलाई पनि देवरबाटै संक्रमण फैलिएको बताइएको थियो । अस्पताल बसाईको ३४ दिनपछि उनी कोरोना तिजेर घर फर्किएकी छन् ।
उनी घर फर्किएसँगै सुदूरपश्चिम कोरोना मुक्त भएको छ ।
यसअघि एकैपटक पाँच जनालाई कोरोना संक्रमित भएपछि निकै त्रासबढेको सुदूरपश्चि प्रदेश आजबाट कोरोना मुक्त भएको अस्पतालले जनाएको छ ।
यसअघि सेती प्रादेशिक अस्पतालबाट ४ जना कोरोना जितेर घर फर्किसकेका छन् । घर फर्किनेमा धनगढी उप–महानगरपालिका ५ का ३४ बर्षीय पुरुष, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० बर्षीय पुरुष र लम्कीचुहा नगरपालिकाका २१ बर्षीय पुरुष र सोही नगरपालिका १ कि ६५ वर्षीया महिला रहेका छन् ।









