संसदमा राजेन्द्र महतोले भनेः दुई तिहाई सरकारले दुई कौडीको पनि काम गरेन


काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको सरकारले दुई कौडीको पनि काम नगरेको बताएका छन् ।

शुक्रबारबाट संसदमा सुरु भएको बजेट अधिवेशनको बैठकमा बोल्दै नेता महतोले भने, “आजको दिनमा दुई तिहाइको सरकार दुई कौडीको छैन । दुई कौडीको काम गरेन । के भन्ने ? जनता आज पीडाको अवस्थामा छन्, यस्तो गतिविधी सरकारले गरेपछि भन्ने के त ?”

सारा विश्व कोरोनाबिरुद्ध लडिरहेका बेला सरकार पार्टी फुटाउनमा लागेको भन्दै नेता महतोले भने, “सरकारको नेतृत्व नै पार्टी फुटउने काममा लाग्यो, फुटाउन त हाम्रो पार्टी ? समाजवादी पनि फुटाउने रे कुर्सी जोगाउने रे ? के हो यो ? सरप्राइज दिने रे अझ । तर, सरप्राइज त हामीले दियो, रातारात पार्टी एकता गरेर ।”

लकडाउनमा जनता पीडामा रहेका बेला सरकारका गतिविधि अर्कैतिर गइरहेको नेता महतोको भनाइ थियो । कोरोना संकटमा रहेका जनताको जीवन रक्षा, राहत र उपचारको व्यवस्था तत्काल गर्न उनले सरकारसंग आग्रह समेत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार