नेपालमा थप दुई जनामा कोरोना संक्रमण पाइयो, संक्रमित संख्या २१९

काठमाडौं । नेपालमा बुधबार थप दुई जनामा कोरोना संक्रमण पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा बुधबार जारी विज्ञप्तिमा बाँके र कपिलवस्तुमा एक/ एक जनामा कोरोना संक्रमण पाइएको हो ।

काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै कपिलवस्तुको कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा पनि कोरोना संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ । संक्रमित दुबै युवकको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार