
चितवन । चितवनकी संक्रमित महिला २६औं दिनमा निको भएर घर फर्किएकी छन् । चितवनको राप्ती नगरपालिका–८ ब्रह्मनगर घर भएकी ६३ वर्षीया ति महिलालाई बुधबार भरतपुर अस्पतालले डिस्र्चाज गरेको स्वासथ्य मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या ३५ पुगेको छ ।
संक्रमित महिलाको छैठौं र सातौं परीक्षण रिर्पोट लगातार नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
यो संगै चितवन कोरोना मुक्त भएको छ । चितवनमा यी दुईजना मात्रै संक्रमित भेटिएका थिए ।संक्रमित भएर संगै अस्पताल भर्ना उनका २७ वर्षीय छोरा यसअघि नै डिस्चार्ज भइसकेका छन् ।
उनका छोरा वैशाख १३ गते संक्रमणपछि निको भएर अस्पतालले डिस्चार्ज गरेको थियो । गत चैत्र ३ गते बेलायतबाट फर्केका आमा छोरालाई वैशाख ५ गते संक्रमण भएको पुष्टि भएको थियो ।








