
रुपन्देही । रुपन्देहीमा भारतका विभिन्न ठाउँबाट फर्केका ५ सय बढी नेपाली भित्रिएका छन् । बुधबार साँझ उनीहरुलाई बेलहिया नाकाबाट उद्धारगरी नेपाल भित्र्याइएको हो ।
भारतिय नाका नौतनवाको क्वारेन्टाइनमा २१ दिनको क्वारेन्टाइनअवधि सकाएर आएका ५ सय १० जना नेपालीलाई जिल्ला ल्याइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।
उनकाअनुसार उद्धारगरी ल्याएकामध्ये २ सय ३३ जना तिलोत्तमा नगरपालिका–१५ स्थित मधवलिया माविको क्वारेन्टाइनमा राखिएको छ भने २ सय ७७ जनालाई सिद्धार्थनगर नगरपालिकाको भैरहवास्थित लिलाराम न्यौपाने मावि र भैरहवा माविको क्वारेन्टाइनमा बस्ने ब्यवस्था मिलाइएको छ।
भारतको नौतनवामा अझै १५ सय भन्दा बढी नेपाली रहेका र तीमध्ये २१ दिन क्वारेन्टाइन बसाइँ पूरा गरेका ९ सय ६९ जनालाई भोलि जिल्ला भित्र्याइने प्रजिअ पन्थले बताए । क्वारेन्टाइन बसाइँ पूरा गर्दा पनि स्वदेश आउन नपाएपछि उनीहरूले दशगजा क्षेत्रमै भोक हड्ताल थालेका थिए ।








