
नवलपरासी । नेपालमा थप एक जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रालयद्धार जारी विज्ञप्तीअनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका– १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पाइएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।









