उदयपुर । उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कटारी नगरपालिका ३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् ।
गाईवस्तु चराउन जगंल गएका उनको फर्किने क्रममा चट्याङलागेर बिहीबार मृत्यु भएको बताइएको छ । घरनजिकैको खोलामा आउँदै गर्दा अचानक हावाहुरीसँगै परेको चट्याङका कारण उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।