नेपालमा कोरोनाबाट पहिलो मृत्यु भएको मन्त्रालयद्धारा पुष्टि, मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीय महिला

काभ्रे । कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीय महिला रहेकी छन् ।

उनको उपचारका क्रममा बिहीबार राति धुलिखेल अस्पतालमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शनिवार साँझ विज्ञप्तिमार्फत
पुष्टी गरेको हो । उनको मृत्युपछि अस्पतालले स्वाब लिएर परीक्षण गर्दा आज (शनिवार) बिहान रिपोर्ट पोजिटिभ आएको थियो ।

वैशाख २४ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा सुत्केरी भएकी उनलाई स्वासप्रस्वासमा समस्या भएपछि बिहीबार साँझ धुलिखेल अस्पताल ल्याइएको थियो ।

अस्पतालले उनलाई इमर्जेन्सीमा राखेर उपचार गरेको थियो । अवस्था गम्भिर र स्वास फेर्न समेत निकै कठिन अवस्थामा अस्पताल ल्याइएकी महिलाको भेन्टिलेटमा राखेर उपचार गर्दा पनि बचाउन नसकिएको अस्पतालले बताएको थियो ।

शिक्षण अस्पतालमा पनि बिहीबार नै एक बालिकालाई कोरोना संक्रमण देखिएको थियो । त्यस्तै बालिका राखेको वार्डमा विरामी भेट्न पुगेका अर्का एक व्यक्तिलाई पनि कोरोना पुष्टि भएको छ । बालिकाको उपचार गर्ने स्वास्थ्यकर्मी सहित ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार