
काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको नियमित पत्रकार सम्मेलनमार्फत नेपालमा थप दुई जनामा कोरोना संक्रमण भएको पुष्टी गरिएको हो ।
संक्रमण हुनेमा काभ्रे घर भएका हाल महोत्तरीमा रहेका २६ वर्षीय पुरुष र महोत्तरीकै ५२ वर्षीय पुरुष रहेका छन् । हाल उनको अवस्था सामान्य रहेको छ । यो संगै नेपालमा संक्रमित संख्या २७८ पुगेको छ ।










