कोरोनाबाट मृत्यु भएकी महिलाको पशुपतिको विद्युतीय शवदाहमा दाह संस्कार

काठमाडौं ।  कोरोनाबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको पशुपति आर्यघाटमा केहिबेरअघि दाहसंस्कार गरिएको छ।धुलिखेल अस्पतालबाट शव ल्याएर पशुपतिमा सुरक्षा निकायले विद्युतीय शवदाहमा शव जलाइएको बताइएको छ ।

धुलिखेल अस्पतालमा मृत्यु भएकी ती महिलाको शव एम्बुलेन्समार्फत पशुपति आर्यघाट ल्याइएको थियो ।  धुलिखेल अस्पतालबाट इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली, नेपाली सेनाका दुई जना प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका एक प्रतिनिधि तथा परिवारका एक सदस्य आर्यघाट पुगेका थिए ।

कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको व्यक्तिको शव सुरक्षा निकायको समन्वयमा दाहसंस्कार गर्ने व्यवस्था अनुसार सुरक्षा निकायले दाह संस्कार गरेको हो ।

कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधिमा यस्तो ब्यवस्था गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार