कोरोनाबाट मृत्यु भएकी महिलाको बच्चासहित परिवारका ५ जनाको रिपोर्ट नेगेटिभ

काठमाडौं । कोरोनाबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नवजात शिशुसहित परिवारका अन्य ५ जनाको रिर्पोट नेगेटिभ आएको छ । धुलिखेल अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा शिशु र श्रीमानसहित घरका ५ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको हो ।

संक्रमणबाट आमाको मृत्यु भएपनि शिशु र घरका अन्य ५ जनामा संक्रमण नभेटिएको धुलिखेल अस्पतालले जनाएको छ ।
२९ वर्षीय महिलाको बिहीबार राती धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनि कोरोनाबाट मृत्यु हुने नेपालको पहिलो संक्रमित हुन ।

महिलाले वैशाख २४ गते टिचिङ अस्पताल महाराजगंजमा बच्चालाई जन्म दिएकी थिइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार