बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण भेटियो


काठमाडौं । बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण भेटिएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

यो विषयमा थप विवरण केहीबेरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलन मार्फत सार्वजनिक हुने बताइएको छ ।

यसअघि हिजो मात्रै बाँकेको नरैनापुरमा १ जना युवकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार