जम्मु–कश्मीरमा सुरक्षाकर्मी र भूमिगत समूहबीच मुठभेड


भारत । भारतको जम्मु–कश्मीरको दुई समूहबीच मुठभेड भएको छ । जम्मु–कश्मीरको श्रीनगर क्षेत्रमा सोमबार राति दुई बजेदेखि सुरक्षाकर्मी र भूमिगत समूहबीच मुठभेड भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उक्त मुठभेडबाट क्षतिको विवरण भने आइसकको छैन् । छ । यो विषयमा एक प्रहरले ट्वीट गरेर जानकारी गराएका छन् । उनले लेखेका छन् ‘श्रीनगरको कानेमजार नवाकदल इलाकामा इन्काउन्टर सुरु भएको छ । जम्मु–कश्मीर प्रहरी र सीआरपीएफले आफ्नो काम गरिरहेका छन् । थप जानकारी पछि दिइने छ ।’

मुठभेड भएको क्षेत्रमा अहिले इन्टरनेट र फोन सेवा बन्द भएको बताइएको छ । श्रीनगर क्षेत्रमा आतंकवादी लुकेर बसेको विशेष सूचना पाएपछि रातिदेखि सर्च अपरेसन चलाइएको थियो । सुरक्षाकर्मीले केही घरलाई घेरा हालेपछि गोली हानाहान सुरु भएको हो ।

गत आइतबार श्रीनगर क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट हिजबुल मुजाहिद्दिन समूहका ताहिर अहमद मारिएका थिए । ११ दिन अगाडि मारिएका रियाज नाइकु पछिको यो दोस्रो ठूलो इन्काउन्टर थियो ।

जम्मु–कश्मीरमा यसअघि पनि गोली हानाहान भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार