
काठमाडौं । कोरोना भाइरसबाट संक्रमित रुसका प्रधानमन्त्री मिखाएल मिशुस्तिन निको भएर काममा फर्किएका छन् । कोरोना संक्रमणपछि अप्रिल ३० बाट उपचार गराइ रहेका उनी मंगलबार काममा फर्किएका हुन् ।
रुसी समाचार एजेन्सिका अनुसार उनले आफुलाई कोरोना संक्रमण भएपछि गर्न नसकेको जिम्मेवारी राष्ट्रपतिको निर्देशनमा उपप्रधानमन्त्री एनड्रे बेलोउसोभले कार्यबहाक प्रधानमन्त्रीका रूपमा सम्हाल्दै आएका थिए।
प्रधानमन्त्री निको भएर काममा फर्किने जनाएपछि मिशुस्तिनले पुनः प्रधानमन्त्री र बेलोउसोभले उप प्रधानमन्त्रीको हैसियतमा आफ्नो जिम्मेवारी सम्हाल्ने गरी राष्ट्रपति पुटिनले तोकेको छ।
अप्रिल ३० देखि उनको काम उपप्रधानमन्त्रीले सम्हाल्दै आएका थिए ।













