बिहीबार बिहानै काठमाडौं र दार्चुलामा भूकम्प


काठमाडौँ । विहीबार विहान काठमाडौंमा भूकम्प गएको छ । भक्तपुरको अनन्तलिंगेश्‍वर आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । बिहान ८ बजेर १४ मिनेट जाँदा ३.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का भक्तपुर, काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा महसुस गरिएको थियो । सानो म्याग्निच्युडको भूकम्प भए पनि केन्द्रविन्दु नजिक भएकाले धक्का महसुस गरिएको केन्द्रले जनाएको छ । यो धक्का गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जानकारी दिएको छ ।

त्यस्तै बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा दार्चुलामा ३ रेक्टर स्केलको भूकम्प गएको थियो । दार्चुलाको उकु आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार