बाँके । बाँकेका २१ जना कोरोना संक्रमितहरु निको भएर घर फर्केका छन् ।बाँकेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार उनीहरु आज (शुक्रबार) डिस्चार्ज भएर घर फर्केका हुन ।
उनीहरुको पछिल्लो २४ घण्टामा दुईपटक गरिएको पीसीआर टेस्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रमुख डा। प्रकाश थापाले जानकारी दिए ।
उनका अनुसार अस्प्तालको आइसोलेसनमा अब बाँकी ७ जना उपचाररत छन् । उनको स्वास्थ्य अवस्था सामान्य नै रहेछ । निको हुनेमध्ये बाँकेको नेपालगन्ज उपमहानगरपालिका–८ का ६० वर्षीय धर्मगुरु पनि छन् ।









