कंचनपुर । डा. गोविन्द केसी निर्मला पन्तको न्यायका लागि कंचनपुरमा जारि धर्नामा पुगेर एक्यवद्धता जनाएका छन । निर्मलाका हत्यारालाई तत्काल पक्राउ नगरे अनसन बस्ने चेतावनी दिएको भोलीपल्टै कंचनपुर पुगेर जारि धर्नामा डा.केसीले एक्यवद्धता जनाएका हुन ।
धर्ना बसेको १७ दिन पुगिसक्दा समेत हत्यारा पत्ता लाग्न नसकेपछि न्यायका लागि पीडितको साथमा आफु पनि रहेको डा. केसीले बताएका छन ।
डा. केसीले धर्नामा बसिरहेका निर्मलाकी कान्छी आमा लगायत मानवअधिरकर्मीलाई भेटेर सान्त्वना दिई एक्यवद्धता जनाएपछि आफुहरुलाई न्यायको लडाईमा थप उर्जा मिलेको मानवअधिकारकर्मी शारदा चन्दले बताईन ।
धर्नामा पुगेर डा. केसीले सरकारले नै निर्मला पन्तका हत्यारालाई लुकाएको आरोप समेत लगाए ।
निर्मला हत्याकाण्ड भएको चार महिना पुग्दा पनि सरकारले अपराधी पहिचान गर्न नसकेको प्रती दुख ब्यक्त गर्दै उनले सरकारलाई तत्काल अपराधी पक्राउ गरेर कडा भन्दा कारवाही गर्न माग समेत गरे ।
यसअघि डा. केसीले सोमबार शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै निर्मलाका हत्यारालाई तत्काल पक्राउ गरि कारवाही नगरे अनसन बस्ने बताएका थिए । त्यसको भोली पल्ट मंगलबार दिउसो कंचनपुर पुगी उनले धर्नामा एक्यवद्धता जनाएका हुन ।
नेतृ यमी पनि धर्नास्थलमा
निर्मलाको न्यायका लागि कंचनपुरमा जारि धर्नामा आजै नयां शक्ती पार्टीकी नेत्रृ तथा डा. बाबुराम भट्टराई पत्नी हिसिला यमी पनि पुगेकी थिईन ।
पीडित लगायत अधिकारकर्मीलाई भेट्दै नेतृ यमीले निर्मलाको न्यायको लागि आफ्नो पार्टी र आफुहरु लागि परिरहेको र न्यायको लडाईमा हार नखान आग्रह गरेको अधिकारकर्मी भुमी फुलाराले जानकारी दिईन ।
निर्मलाका हत्यरालाई पक्राउ गरि हदैसम्मको कारवाही हुनुपर्नेमा जोड दिदैं नेतृ यमीले सरकार यसमा जिम्मेवार हुनुपर्ने बताईन । निर्मलाको न्यायका लागि धर्ना बसेको १७औं दिनमा नेतृ यमीसंगै कैलालीका महिलाअधिकारकर्मीहरुले समेत पीडितलाई भेटेका थिए ।
निर्मलाका हत्यारालाई सार्बजनिक गर्नुपर्ने माग गर्दै कात्तिक २५ गतेदेखि पीडितसहित मानवअधिकारकर्मीहरुले जिल्ला प्रशासनको गेट अगाडी धर्ना दिइरहेका छन ।
धर्ना बस्दा बस्दै निर्मलाका बुवा यज्ञराज बिरामी भई डिप्रेसनसंगै मानसिक स्वास्थ्यमा समस्या आएपछि उनलाई आइतबार उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज ल्याईएको छ । उनको अहिले आईसियुमा राखेर उपचार भइरहेको छ ।