भारत । विश्वभर फैलिएको कोरोना संक्रमणका कारण पछिल्लो समय भारतमा धेरै प्रभावित भएका छन् । संक्रमितको संख्या पनि भारतमा दुई लाख नजिक पुगेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९० हजार ५ सय ३५ पुगेको छ । त्यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट पाँच हजार ३ सय ९४ जनाको मृत्यु भएको छ ।
भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा ६७ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा दुई हजार २८६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा २२ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने १७३ जनाको मृत्यु भइसकेको छ ।
दिल्लीमा पनि १९ हजारभन्दा बढी मानिसमा यसको संक्रमण देखिँदा ४७३ जनाको मृत्यु भएको छ । गुजरातमा १६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा एक हजार ३८ जनाको मृत्यु भएको छ ।













