चितवन । थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालको आईसीयूमा कोराना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका ११ का ६८ वर्षीय वृद्ध रहेका छन् ।
उनी लामो समयदेखि मुट र निमोनियाका विरामी थिए । उनालाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
अवस्था गभ्भिर रहेका उनलाई नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका थिए । मंगलबार विहान उनको आइसीयूमै मृत्यु भएको अस्पतालले जनाएको छ ।












