सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५७ पुग्यो

कैलाली । सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या १ सय ५७ पुगेको छ ।  मंगलबार थपिएका संक्रमित कैलालीका ७, कञ्चनपुर, डडेल्धुरा र दार्चुलाका एक र एक जना गरी १० जना रहेका छन् ।

कैलालीको टीकापुर नगरपालिकाका ४ जना, धनगढी उपमहानगरपालिकाका २ जना र मोहन्याल गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै डडेल्धुराको नवदुर्गा गाउँपालिका, दार्चुलाको लेकम गाउँपालिकाका र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकामा पनि एक एक जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार