कोरोना संक्रमित महिलाको सफल शल्यक्रिया

अछाम । कोरोना संक्रमण पुष्टि भएकी अछामकी एक महिलाको शल्यक्रिया सफल भएको छ । उनको बाँकेको कोहलपुरमा रहेको शिक्षण अस्पतालमा आन्द्राको शल्यक्रिया सफल भएको हो ।

अछामको बयलपाटा अस्पतालमा उपचार सम्भव नभएपछि सोमबार हेलिकोप्टरमार्फत उनलाई कोहलपुरस्थित शिक्षण अस्पताल ल्याइएको थियो ।

२५ वर्षीया गर्भवती महिलाको मङ्गलबार दिउँसो शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ । १८ हप्ताकी गर्भवती ती महिलाको आन्द्रा बेरिएको थियो । अहिले ति महिलाको स्वास्थ्य अवस्था सामान्य छ । उनी अछामको चोरकोट गाउँपालिका ५ निवासी हुन् ।

उनी भारतबाट आएर क्वारेन्टिन बसेकी थिइन् । उनको नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि शिक्षण अस्पताल कोहलपुरको बहिरङ्ग विभाग र आपातकालीन कक्षलाई सोमबार रातिदेखि नै पूर्णरुपमा बन्द गरिएको छ । उपचारमा संलग्न चिकित्सक, नर्स र सहयोगीसहित १४ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार