
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा एकै दिन ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको कैलाली, कञ्चनपुर, डडेलधुरा, बझाङ र डोटीका ५५ पुरुष र ९ जना महिला गरी ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक प्रयोगशालामा गरीएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजिटिभ आएको प्रयोगशालाले जनाएको छ ।
संक्रमितमध्ये कैलालीको ११, कञ्चनपुरका २१, डडेल्धुराका २४, बझाङका ५ र डोटीका ३ जना रहेका छन् । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ५५ पुगेको छ ।
संक्रमितहरु कैलालीको चुरेका ५, धनगढीका र गोदावरीका २,२, लम्की चुहा र टीकापुरका १,१, कञ्चनपुरको पुनरवासका २, लालझाडीका १४, महाकालीका ३, बेदकोटका १ र अर्का एक जनाको ठेगाना खुलेको छैन् ।
त्यस्तै बझाङको बिथ्थडचिर र केदारस्यूका २, २, खप्तडछानाका १, डडेल्धुराको अमरगढीका १, नवदुर्गाका २३, डोटीको जोरायलका २, सायलका १ जना गरी ६४ जना रहेका छन् ।










