काठमाडौं । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या भारतमा ९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ सय ११ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ९ हजार नाघेको हो ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ९५ पुगेको छ । त्यस्तै संक्रमितको संख्या पनि तीन लाख नोघेको छ ।
अहिलेसम्म कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या तीन लाख २० हजार ९ सय २२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ११ हजार ९ सय २९ नयाँ संक्रमित फेला परेका हुन् ।













