कोरोना संक्रमितको संख्या विश्वभर ८० लाख नाघ्यो

काठमाडौं । कोरोनाबाट संक्रमित हुनेको संख्या विश्वभर ८० लाख नाघको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ८० लाख ३४ हजार ४ सय ६१ पुगेको छ ।

कोरोनाबाट सबैभन्दा धेरै अमेरिकामा २१ लाखभन्दा धेरै संक्रमित फेला परेका छन् भने ब्राजिलमा आठ लाख ८८ हजार भन्दा धेरै छन् ।
त्यस्तै रुसमा पाँच लाख ३६ हजारभन्दा धेरै संक्रमित छन् ।

त्यस्तै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि चार लाख ३६ हजार ९ सय १ पुगेको छ ।

कोरोना बाट निको हुनेको संख्या ३८ लाख ५७ हजारभन्दा धेरै रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार