
भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमानामा मृत्यु भएका २० जना सैनिकको सम्मानमा दुई मिनेट मौनधारण गरेका छन् । चिनियाँ सैनिकहरूसँगको झडपमा परी मृत्यु भएका २० सैनिकको सम्मानमा बुधबार उनले २ मिनेट मौनधारण गरेका हुन् ।
भारतका मुख्यमन्त्रीहरुसँगको कोरोनाभाइरस नियन्त्रणका सम्बन्धमा भएको भर्चुअल मिटिङको सुरूमै उनले समय लिएर दुई मिनेट मौनधारण गरेका छन् ।
उनले बैठकलाई सम्बोधन गर्दै भारतीय सैनिकले गरेको बलिदानी खेर जान नदिने बताएका छन् । उनले वीरता आफ्नो देशको चरित्रको हिस्सा भएको भन्दै आफ्नो देशको सम्प्रभुताको रक्षा गर्न भारत सक्षम रहेको बताएका छन् ।
उनले चीनसँगको मतभेदलाई विवादमा बदलिन नदिन सधैँ प्रयास गरेको बताए।











