
मनाङ । हिमाली जिल्ला मनाङमा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । मनाङमा बस्दै आएका एक ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल कपिलवस्तु बाणगंगा १४ घर भएका उनी मनाङ बस्दै आएको खुलेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार विज्ञप्तिमार्फत उनलाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । उनी मनाङको चामेस्थित कुनै एक सरकारी कार्यालयका कर्मचारी रहेको बताइएको छ ।
केही समयअघि घर गएर मनाङ फर्किएका उनलाई कोरोना पोजिटिभ देखिएको खुलेको छ ।
मनाङमा पनि कोरोना संक्रमित भेटिएसँगै नेपालका ७४ जिल्लामा संक्रमण फैलिएको छ । अब ओखलढुंगा, मुस्ताङ र रसुवामा मात्रै कोरोना संक्रमणबाट जोगिएका छन् ।











